विहिबारदेखि भृकुटीमण्डपमा कपडा मेला हुने
आइतबार, २९ भदौ २०७६, २१ : ५७
काठमाडौं – नेपाल धागो उत्पादक संघले असोज २ गतेदेखि नेपाली कपडा, धागो, होजियारी, तयारी पोशाक लगायत उत्पादन प्रवर्द्धनका लागि भृकुटीमण्डपमा मेला आयोजना गर्ने भएको छ।
मेलामा नेपाली धागोमार्फत उत्पादित विश्वस्तरीय गुणस्तरीय कपडा, होजियारी, तयारी पोशाक लगायत उत्पादन सस्तो मूल्यमा पाइने संघका अध्यक्ष पवन गोल्यानले बताए।
‘हामीले उत्पादन गरेको सामान एक सय रुपैयाँमा बजारमा पुग्छ। तर त्यसैलाई विदेशी ट्याग लगाएर व्यापारीले पाँच सय रुपैयाँमा विक्री गरिरहेका हुन्छन्। यो मेलामार्फत सर्वसाधरणलाई नेपाली उत्पादन विश्वस्तरीय रहेको प्रमाण देखाउन चाहेका हौं,’ अध्यक्ष गोल्यानले भने।
नेपालमै उत्पादन भएका सामाग्रीमा विदेशी ट्याग लागेर विक्री हुँदा पाँच गुणा महँगो हुनु स्वभाविक भएको जिकिर गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार