बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा प्रदर्शन गर्ने आशंकामा पक्राउ परेकी नेतृको रिहाईको माग

मङ्गलबार, २८ असोज २०७६, १८ : ३०
मङ्गलबार, २८ असोज २०७६

काठमाडौं– राष्ट्रपति सी चिनफिङको भ्रमणलाई विरोध तथा प्रदर्शन गर्ने आशंकामा पक्राउ परेकी समाजवादी पार्टीकी नेतृ सुनिता साहलाई रिहा गर्न राष्ट्रिय जनता पार्टी नेपालको विद्यार्थी संगठनले माग गरेको छ । अन्तरपाटी महिला सञ्जाल सप्तरीको अध्यक्ष समेत रही नेतृ साहलाई सप्तरी प्रहरीले असोज २३ गते उनकै नीजि निवासबाट पक्राउ गरेको थियो । यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी आएको बेला काठमाडौंमा  प्रदर्शन गर्दा समेत उनी पक्राउ परेकी थिइन् ।

त्यतिबेला उनलाई तारेखमा छाडिएको थियो तर राष्ट्रपति सीको भ्रमणका  क्रममा समेत प्रदर्शन गर्ने आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि समाजवादी पार्टीले एक विज्ञप्ति जारी गरी नेतृ साह आफ्नो पार्टीमा नरहेको जनाएको थियो । तर राजपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष किशोरकुमार यादवले एक विज्ञप्ति जारी गरी उनलाई रिहा गर्न माग गरेका छन् ।

उनलाई तत्काल रिहा नगरे त्यसपछि उत्पन्न परिणामको भागिदार सरकार र सम्बन्धित पक्षनै हुने चेतावनी समेत दिएको छ । विवाह गर्ने बहानामा चीनमा नेपाली चेलीबेटी वेचविखन भइरहको भन्दै नेतृ साहसहितका महिलाहरुले विरोध प्रदर्शन गरेका थिए । नेपाली चेलीबेटीको बचाउ र रक्षा गर्न माग गर्दा उल्टै अभद्र व्यवहारको मुद्दा चलाएको गुनासो विद्यार्थी संगठनले गरेको छ । विरोध गर्न पाउने संविधान प्रदत्त अधिकारको खिल्ली उडाएर साहप्रति नराम्रो व्यवहार गरेको गुनासो सो संगठनले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप