कृष्णको ‘चलन माया चल’ मा जुना
शुक्रबार, ०३ माघ २०७६, १७ : २७
काठमाडौं । गायक कृष्ण समिप सुवेदीले ७ वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् । ‘चलन माया चल’ बोलको गीत भिडियो सहित सार्वजनिक गरेका हुन् ।
यसअघि ‘सिर सिर बतास’, ‘मेरो कल्पनामा आउने मान्छे तिमी’, ‘मनको तिर्खा मेट्न’, ‘माझी दाईको जिन्दगी’ जस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीत सार्वजनिक गरेका सुवेदीले यो गीतका हरेक पक्ष उत्कृष्ट बनाउने प्रयास समेत गरेको बताए ।
शब्द तथा संगीत समेत सुवेदीकै रहेको गीतमा उनलाई गायनमा गायिका कृष्णा खनालले साथ दिएकी छन् । गीतको भिडियोमा सुन्दर एस.डि.एस. ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ । सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री