सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

शुक्रबार, १४ वैशाख २०८१, १४ : १४
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र सी.ए. मन्दिप वशिष्ठलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । 

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनीतिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । 

 यस्तै सी.ए. मन्दिप वशिष्ठले नेपाल बोर्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै डिप्लोमा इन आईएफआरएस  समेत गरेका छन् । 

नव नियुक्त स्वतन्त्र सञ्चालकद्वय गौतम र वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनीयताको शपथ गराइसकेका छन् भने उनीहरूको आगमनले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं सेवा प्रवाह उत्कृष्ट बन्ने कम्पनीले विश्वास लिएको छ । 

ज्योति विकास बैंक लि.को सहायक कम्पनीको रूपमा रहेको क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप