आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेमीसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या

बुधबार, १२ चैत २०७६, १९ : २९
बुधबार, १२ चैत २०७६

जनकपुर । धनुषाको शहिदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष पक्राउ परेका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ का ६० वर्षिय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन् । शहिदनगरको डिहवारस्थित आफ्नै घरको कोठामा सुतिरहेका  राजकिशोरमाथि कंक्रिट प्रहार गरेर कौशिलादेवी र राकेशले हत्या गरेको प्रहरीको आरोप लगाएको छ । 

फागुन २७ गते होलीको दिन कोशिलादेवी र राकेशबीच टेलिफोनमा कुराकानी भई योजनाबद्द ढंगले राजकिशोरको हत्या भएको प्रहरीको दाबी छ । प्रहरीले राजकिशोरलाई राती खानामा नसालु ट्याव्लेट मिसाएर खुवाइएको र नसामा मातेर सुतिरहेको अवस्थामा कौशिलादेवीले राकेशलाई घरमा बोलाएर हत्या गर्न लगाएको जानकारी दिएको छ । राजकिशोर सुतिरहेका बेला दुवैजना मिलेर कंक्रिट प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

राजकिशोको निधारमा पटक–पटक प्रहार गरी विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको कार्कीले बताए । घटनाको जानकारी पाउनासाथ तत्कालै प्रहरीले कोशिलादेवीलाई घटनास्थलबाटै र राकेशकुमार मण्डललाई निजको घरबाट पक्राउ गरेको छ । राकेशको कौशिलादेवीसँग प्रेम सम्बन्ध रहेको समेत प्रहरीको दाबी छ ।

प्रहरी नियन्त्रणमा रहेका उनीहरुले पत्थरले टाउकोमा प्रहार राजकिशोरको हत्या गरेको स्वीकार गरेका छन् । नियन्त्रणमा लिएका दुवैजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप