अधिवेशनमा लफडा भएपछि युवा सङ्घ कास्कीको संयोजक केन्द्रले तोक्यो

पोखरा । राष्ट्रिय युवा सङ्घ नेपाल कास्कीको संयोजकमा शङ्कर पौडेल नियुक्त भएका छन् । गत माघ १२ गते ११ औँ जिल्ला अधिवेशनका बेला विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
उद्घाटन सत्र सकिएर बन्द सत्र सुरु हुने बेलामा प्रतिनिधिका विषयमा विवाद उत्पन्न भएको हो । लामो समयसम्म अधिवेशनको छाँटकाँट नदेखिएपछि केन्द्रले नै हस्तक्षेप गरेर नेतृत्व तोकिदिएको हो ।
वैशाख ३१ गते सबेको केन्द्रीय पदाधिकारी बैठकले पौडेललाई संयोजक तोकेको हो । ‘कास्की महत्त्वपूर्ण जिल्ला हो । सङ्गठनलाई निष्क्रिय राख्ने कुरा हुँदैन,’ नेताहरूले भने, ‘त्यसैले संयोजक तोकिएको छ ।’ पौडेल यसअघि कमिटीको उपाध्यक्ष थिए । पौडेल सहित ५ पालिका कमिटीका अध्यक्षहरू सहित ३ निर्वाचन क्षेत्रबाट ९ सदस्यीय आयोजक कमिटी बनेको हो । उनको कमिटीले ३ महिनाभित्र सम्मेलन सम्पन्न गर्नुपर्ने निर्देशन छ ।
अधिवेशन सम्पन्न गर्नका लागि पोखरा महानगरपालिकामा प्रदीप गुरुङ, मादी गाउँपालिकामा उमेश गुरुङ, रुपा गाउँपालिका सुजन श्रेष्ठ, माछापुच्छ्रे गाउँपालिकामा दल बहादुर लामिछाने, अन्नपूर्ण गाउँपालिकामा शिव सुवेदी सदस्य छन् ।
यस्तै, महिला सदस्यहरूमा निर्वाचन क्षेत्र नम्बर १ मा करिया बराल, निर्वाचन क्षेत्र नम्बर २ मा रिना थापा, निर्वाचन क्षेत्र नम्बर ३ मा सुवानी पौडेल लाई आयोजक कमिटी सदस्य बनाइएको महासचिव सुजन पुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तर घट्दै निक्षेपको ब्याजदर, कुन खातामा कति पाइन्छ ?
-
इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्दै हमास
-
उपाधि डीएभी सुशील केडियाको पोल्टामा, फाइनलमा गेटवेलाई हरायो
-
भारतीय सेयर बजारमा उछाल
-
शिक्षक नेतालाई प्रश्न– विद्यालय शिक्षा ऐन गोजीमा हालेर घर फर्किनुभयो ? (भिडियोसहित)
-
गर्मीयाममा तपाईंको पनि आँखा रातो हुने समस्या छ ?