हिरामन्डी : चर्चामा अदितिको ‘गजगामिनी चाल’
मुम्बई । अदिति राव हैदरी सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामन्डी’ मा काम गरेदेखि नै चर्चामा छिन् । सिरिजमा उनको अभिनय र नृत्य दुवैको तारिफ भइरहेको छ ।
गीत ‘ सैयाँ हटो जाओ’ मा रहेको उनको ‘गजगामिनी चाल’ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एक अन्तर्वार्तामा अदितिले यो हिँडाइलाई के भनिन्छ थाहा नभएको बताइन् । तर यसका लागि उनले निकै मेहनत गर्नुपरेको थियो ।
अदितिले भनिन्- म सञ्जय सर र मेरो डान्स टिचरलाई सोध्न चाहन्थेँ यो के हो ? यो गजगामिनीको चाल हो कि हंसको चाल ? यो कस्तो चाल हो जुन मलाई थाहा थिएन !’
उनले थपिन्, ‘अन्त्यमा सञ्जय सरले जे गर्न भन्नुभयो त्यही गरेँ । मैले सञ्जय सरको आज्ञा पालन गरेँ । कथकमा ‘मयुर चाल’ छ, त्यसपछि ‘गजगामिनी’ छ भन्ने थाहा छ, तर यो कुन चाल हो मैले खोज्नुपर्यो।
अदितिका अनुसार सञ्जय सरले सबै कुरामा ध्यान दिन्थे। जस्तै, गीतमा बेब्बो जान कस्तो देखिन्छिन्, उनको चाल, उनको सल खस्ने तरिका। उनले भनिन्, ‘उहाँ चाहनुहुन्थ्यो कि सबै कुरा पूर्णताका साथ होस्। विशेष तालमा सल खसोस्, टाउको घुमोस् र घुङ्रुको आवाज ठ्याक्कै ठोकियोस् भन्ने चाहना उहाँको हुन्थ्यो ।‘ ‘हिरामान्डी’बाट भाइरल गजगामिनी चालको प्रतिक्रिया दिँदै सञ्जय लीला भन्सालीले आफ्नो तौल बढेको भन्दै प्रशंसा गरेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण