हिरामन्डी : चर्चामा अदितिको ‘गजगामिनी चाल’

मुम्बई । अदिति राव हैदरी सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामन्डी’ मा काम गरेदेखि नै चर्चामा छिन् । सिरिजमा उनको अभिनय र नृत्य दुवैको तारिफ भइरहेको छ ।
गीत ‘ सैयाँ हटो जाओ’ मा रहेको उनको ‘गजगामिनी चाल’ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एक अन्तर्वार्तामा अदितिले यो हिँडाइलाई के भनिन्छ थाहा नभएको बताइन् । तर यसका लागि उनले निकै मेहनत गर्नुपरेको थियो ।
अदितिले भनिन्- म सञ्जय सर र मेरो डान्स टिचरलाई सोध्न चाहन्थेँ यो के हो ? यो गजगामिनीको चाल हो कि हंसको चाल ? यो कस्तो चाल हो जुन मलाई थाहा थिएन !’
उनले थपिन्, ‘अन्त्यमा सञ्जय सरले जे गर्न भन्नुभयो त्यही गरेँ । मैले सञ्जय सरको आज्ञा पालन गरेँ । कथकमा ‘मयुर चाल’ छ, त्यसपछि ‘गजगामिनी’ छ भन्ने थाहा छ, तर यो कुन चाल हो मैले खोज्नुपर्यो।
अदितिका अनुसार सञ्जय सरले सबै कुरामा ध्यान दिन्थे। जस्तै, गीतमा बेब्बो जान कस्तो देखिन्छिन्, उनको चाल, उनको सल खस्ने तरिका। उनले भनिन्, ‘उहाँ चाहनुहुन्थ्यो कि सबै कुरा पूर्णताका साथ होस्। विशेष तालमा सल खसोस्, टाउको घुमोस् र घुङ्रुको आवाज ठ्याक्कै ठोकियोस् भन्ने चाहना उहाँको हुन्थ्यो ।‘ ‘हिरामान्डी’बाट भाइरल गजगामिनी चालको प्रतिक्रिया दिँदै सञ्जय लीला भन्सालीले आफ्नो तौल बढेको भन्दै प्रशंसा गरेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलको भवन बनाउन ३ करोड बजेट छुट्ट्याएकोमा आलोचना
-
खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरू वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी
-
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
-
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
-
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
-
दलित मुक्तिको आधार खोज्न राष्ट्रिय दलित गोलमेच सम्मेलन गरिने