थापा र लेखकको ‘होमवर्क’ बोकेर कांग्रेसतर्फका कार्यदल सदस्य फेरि बैठकमा
काठमाडौँ । पार्टीका नेताहरूलाई ब्रिफिङपछि आवश्यक होमवर्क बोकेर कांग्रेसतर्फका सदस्यहरु फेरि कार्यदलको बैठकमा उपस्थित भएका छन् ।
कांग्रेसतर्फका कार्यदलका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार महामन्त्री गगन थापा र रमेश लेखकलाई ब्रिफिङ सकेपछि पार्टीले छाड्न नहुने अडानबारे आवश्यक निर्देशनसहितको होमवर्क बोकेर कार्यादेश (टीओआर) तय गर्नेबारे कार्यदलस्तरको बैठकमा पुगेका हुन् ।
सहकारीको रकम हिनामिनासम्बन्धी छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश (टीओआर) बारे कार्यदलस्तरमा भएको छलफलमा अधिकांश विषयमा सहमति भएको बताइएको छ ।
तर, रवि लामिछाने जोडिएका सहकारीलाई कसरी हेर्ने भन्नेबारेमा सत्ता र प्रतिपक्षीबिच मतभेद कायमै छ । सत्तारुढ दल रवि लामिछाने जोडिएको सहकारीहरूलाई ‘सङ्कटग्रस्त सहकारी’को परिभाषामा राख्ने पक्षमा छन् । तर, कांग्रेस भने यसरी जाँदा ती सहकारीको आर्थिक भार राज्यमाथि पर्ने भन्दै ‘सङ्कटग्रस्त सहकारी’को परिभाषामा नराख्ने पक्षमा देखिएको छ ।
टीओआर मूल भागमा गृहमन्त्री समेत रहेका रविको नाम उल्लेख नगर्ने तर नाम जोडिएको सबै संस्थाको नाम उल्लेख हुने गरी छलफल भएको एक नेताले जानकारी दिए । थापा र लेखकको रायअनुसार कार्की र परियारले अब बैठकमा त्यही अडान राख्ने बताइएको छ ।
कांग्रेसको अडानमा सत्तापक्ष सहमत भएमा आज बोलाइएको संसद् बैठक सहजरुपमा सञ्चालन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण