केन्द्रीय संस्करण

यी विवाहित अभिनेत्रीले करियरको लागि लुकाए विवाहको वास्तविकता

person explore access_timeअसार १३, २०७७ chat_bubble_outline0

एजेन्सी – प्रायः फिल्मी क्षेत्रका स्टारहरु आफ्ना व्यक्तिगत जीवनका विषयलाई लिएर चर्चामा आउने गर्छन् । जसमा प्रेमसम्बन्ध र वैवाहिक सम्बन्धका कारण धेरै चर्चामा आउने गर्छन् । केही सेलिब्रेटीहरु आफ्नो सम्बन्धलाई खुलाएर चर्चामा आउँछन् भने केही लुकाएर । 

फिल्मी क्षेत्रका केही यस्ता अभिनेत्रीहरु छन् जसको बारेका कमै मात्र प्रशंसकलाई थाहा छ कि उनीहरु विवाहित हुन् । एउटा भारतीय मिडियाको रिपोर्टका अनुसार बलिउडका केही अभिनेत्रीहरु छन् जसले करियरका लागि आफू विवाहित भएको वास्तविकता लुकाए । 

अदिति राव ह्यादरी : यी अभिनेत्रीले २१ वर्षको उमेरमा सत्यदीप मिश्रासँग विवाह गरेकी थिइन् । तर, उनले बलिउडमा डेब्यू गर्नको लागि आफू विवाहित भएको वास्तविकता लुकाइन् । यद्यपि, उनको अहिले सम्बन्धविच्छेद भइसकेको छ । 

सुरवीन चावला : अभिनेत्री सुरवीन चावलाले २०१५ मा आफ्नो प्रेमी अक्षय ठक्करसँग विवाह गरेकी थिइन् । उनले उनीहरुको प्रेम सम्बन्धको दुई वर्षपछि नै विवाह गरेकी थिइन् तर उनले लामो समयसम्म आफू विवाहित भएको कुरा लुकाइन् । केही वर्षपछि मात्रै उनले शेयर गरेको तस्बिरले धेरैलाई आश्चर्यमा पारेको थियो । उनको एक छोरी छिन् । 

राधिका आप्टे :वेभ सीरीज क्विन राधिका आप्टे आफ्नो व्यक्तिगत जीन्दगीको विषयमा कमै चर्चामा आउने गर्छिन् । तर, कमैलाई थाहा होला उनी विवाहित हुन् । उनले २०१२ मा विदेशी म्यूजिशियन बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् । राधिका आफ्ना श्रीमानसँग लण्डनमा बस्दै आएकी छिन् ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.