ग्लोबल आइएमईको फिदिममा शाखा
मङ्गलबार, ०६ असार २०७४, १२ : ३६
काठमाडौं – ग्लोबल आइएमई बैंकले असार ५ गतेदेखि आफ्नो फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ । पाँचथर जिल्लाको आर्थिक गतितिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यले बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई शाखामा परिणत गरेको हो ।
यससँगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९६ पुगेको छ । उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने शाखा बैंकको रहेको छ ।
मुलुकका १४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकको ९६ शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ११० वटा एटएिम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा तथा ६ लाख भन्दाबढी ग्राहक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार