शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीलाई कुटेर फरार भए हत्या आरोपी

बिहीबार, २५ असार २०७७, १६ : ०८
बिहीबार, २५ असार २०७७

कैलाली । हजुरआमाको हत्या अभियोगमा पक्राउ परेका गणेशबहादुर ऐर थुनुवा कक्षबाट नै फरार भएका छन् । कैलालीको ईलाका प्रहरी कार्यालय फल्टुडेको थुनामा रहेका ऐर बुधबार राती ९ बजेको समयमा खाना खाएर हात धुने बेला प्रहरीलाई कुटपिट गरी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराले रातोपाटीलाई जानकारी दिए ।

कैलालीको चुरे गाउँपालिका ६ भाबर बस्दै आएका ऐरले ७५ वर्षीय अजुरआमा पार्वतीदेवी ऐर लाई २३ गते हत्या गरेका थिए । सोही सूचनाको  आधारमा २४ गते ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । 

उनी फरार भएपछि बुधबार राती बाटनै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवम् प्रहरी नायव उपरिक्षक प्रतिक विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजबिन जारी राखेको जबराले बताए । उनी फरार भएलगत्तै भिरबाट हाम फालेको र  लगत्तै प्रहरी गएपनि पक्राउ गर्न नसकिएको उनले बताए । उनले २३ गते दिउँसो ३ बजे घरमा कोही नभएको मौका छोपी पार्वतीदेवीलाई फलामको रडले घाँटीमा प्रहार गरी घाईते बनाएर घर नजिकैको अरहरको झारीमा लगेर हत्या गरेको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप