शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सस्तोडिलले गर्‍यो भारतीय फेसन ब्राण्ड मिन्त्रासँग व्यापार साझेदारी

सोमबार, ०८ भदौ २०७७, १६ : ५९
सोमबार, ०८ भदौ २०७७

काठमाडौं । नेपालको र्ई–कमर्स कम्पनी सस्तोडिल डटकमले एकै साता भारतका प्रसिद्ध दुई ई–कमर्स कम्पनीसँग  रणनैतिक साझेदारी गर्न सफल भएको छ। 

फ्लिपकार्ट पछि सस्तोडिलले  फेसन र जीवन शैलीसम्बन्धी प्रख्यात भारतीय कम्पनी मिन्त्रासँग रणनैतिक साझेदारी गरेको हो । सस्तोडिलले मिन्त्रा फेशन ब्राण्डको सामानहरुको बिक्री वितरण तथा बजारीकरण गर्ने सस्तो डिलका संस्थापक सीइओ अमन थापाले बताए । 

साझेदारीपछि मस्ट एण्ड हार्बर, अनुक र ड्रेसबेरी क्लास फेसनका कपडाहरु सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछ। त्यसैगरी सस्तोडिलबाट बेचिने सामानहरु फिर्ता लिने विकल्पसहित डेलिभरी गरिने थापाले बताए। 

मिन्त्रा फेसन ब्राण्डका प्रमुख मनोहर कामथले नेपालको अग्रणी ई–कमर्स कम्पनी सस्तोडिलसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यस क्षेत्रमा फेसन प्राथमिकता र बढ्दो अनलाइन शपिंङको समानताले अन्तर्राष्ट्रिय ग्राहकहरूको क्षेत्र विस्तार गर्दै नयाँ बजारहरूमा प्रवेश गर्नुपर्छ । सस्तोडिलको पहुँच र लोकप्रियतालाई ध्यानमा राख्दै हाम्रा प्रस्तावहरू चाँडै नै नेपालका ग्राहकमा लोकप्रिय हुनेछन् जसले यस क्षेत्रको विकास र विस्तारको लागि मार्ग प्रशस्त गर्नेछ ।’

सस्तोडिलले समयअनुसारको नयाँ डिजाइनहरू ल्याउने योजना बनाएको छ जसले नेपालका फेसन उपभोक्ताहरूको आवश्यकताहरू पूरा गर्दछ । यस उत्सवको मौसममा मिन्त्रासँग मन उडाउने मौसमी प्रस्तावहरूको लागि उनीहरूको योजनाहरूलाई पनि ल्याइने बताए । 

सस्तोडिलको सबैभन्दा धेरै शेयर भएको कम्पनी डोल्मा इम्प्याक्ट फण्डका संस्थापक कार्यकारी सिइओ, टिम गोसरका भन्छन्, ‘सस्तोडिलको स्थापित नेपाली बजारमा मिन्त्राको प्रवेश नेपाली उपभोक्ताहरूलाई अझ परिस्कृत र उपयोगी सपिङ माध्यम बनाउन सफल हुनेछ।’ गोसरले भने, ‘नेपालमा मिन्त्राको प्रवेश नेपाली उपभोक्ताहरुमा बढ्दै गएको डिजिटल प्लेटफर्मको मागको एउटा प्रमाण हो । यसले सस्तोडिलको नेपाली बजारमा रहेको सफल छविको पनि पुष्टि गरेको छ ।’  

सस्तोडिल बोर्डका अध्यक्ष प्रतीक जालान तथा सह संस्थापक टेल वेंचर पार्टनर्स प्राइभेट लिमिटेड विश्वस्त छन् कि यो साझेदारी ई–कमर्स उद्योगको लागि मात्र नभई समग्र इकोसिस्टमको लागि पनि परिवर्तनकर्ता हुनेछ ।

सस्तोडिलका अध्यक्ष प्रतिक जलनले यस सहकार्यले ई–कमर्सको क्षेत्रमा एक गेम चेञ्जरको रुपमा काम गर्ने विश्वास व्यक्त गरे । यति मात्र नभएर यस सहकार्यले ई–कमर्सको सम्पूर्ण इको सिस्टमको लागि गेम चेन्जरको रुपमा स्थापित हुने पनि उनले बताए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप