मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनहरुले विरोध जनाएका छन् । शनिबार उक्त पार्टीनिकट ११ वटा जवस र मोर्चाहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संयोजक राईको गिरफ्तारी गैरन्यायिक भएको भन्दै यथाशीघ्र रिहा गर्न माग गरेका हुन् ।
गत वैशाख ३१ गते राती ९ः०० बजे आफ्नै निवास स्थानबाट पक्राउ परेका अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईलाई बिनाकारण यतिका दिनसम्म प्रहरीले हिरासतमा राखेको प्रति गम्भीर ध्यानाकर्षण समेत जनाएका छन् । विज्ञप्तिमा शिक्षा क्षेत्रमा भइरहेको चरम मूल्य वृद्धि एवं लूटतन्त्रका विरुद्ध आवाज उठाइरहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र त्यसका नेता कार्यकर्ताहरूका विरुद्ध गृह प्रशासनको निरन्तर दमन, धरपकड शृङ्खलाको कडीको रूपमा यो गिरफ्तारी भएको कुरा स्पष्ट रहेको समेत बताइएको छ ।
विना आधार कथित ‘अभद्र व्यवहार’ को झुट्टा मुद्दा लगाएर शान्तिपूर्ण विरोध र असहमति जाहेर गर्ने संवैधानिक अधिकारको समेत खिल्ली उडाउँदै जनवादी, वामपन्थी एवं क्रान्तिकारी शक्तिलाई तर्साउन गरिने यस्ता दमन धरपकड अलोकतान्त्रिक र फासिवादी अभ्यासका रूपहरू भएको समेत बताएका छन् ।
विज्ञप्तिको अन्त्यमा गृह प्रशासनको सबै खाले दमन, धरपकड एवं गिरफ्तारीको विरोध गर्दै सरकार एवं गृह प्रशासनलाई संवैधानिक हक तथा लोकतान्त्रिक अधिकारको सम्मान गर्दै अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईको बिनासर्त, सम्मानजनक रिहाइको जोडदार माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण