शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणीको आरोपमा दुई पक्राउ

शनिबार, २० भदौ २०७७, २० : २६
शनिबार, २० भदौ २०७७

कञ्चनपुरको बेदकोट नगरपालिका–३ का दुई जनालाई सामूहिक जबरजस्ती करणीको आरोपमा आज प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा २३ वर्षका केशव ठकुराठी र ३७ वर्षका मिनराज भट्ट रहेका छन् । स्थानीय महिलालाई सामूहिकरुपमा करणी गरी दुवै जना गत चैत १० गतेदेखि फरार रहँदै आएका थिए । 

दुवै जनाविरुद्ध पीडित महिलाले प्रहरीलाई उजुरी दिएकी थिइन् । महिलाले उजुरी दिएपछि दुवै जना फरार थिए । घर आएका बेला दुवै जना पक्राउ परेका हुन् । दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप