शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनुषाबाट माओवादी केन्द्रको विजयी सुरुवात

मङ्गलबार, ०३ असोज २०७४, १२ : ४५
मङ्गलबार, ०३ असोज २०७४

जनकपुरधाम–सोमबार भएको स्थानीय तह तेस्रो चरणको निर्वाचनमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.११ मा माओवादी केन्द्रलले विजयी सुरुवात गरेको छ ।

गणेशमानमा माओवादी केन्द्रका सत्यनारायण कुँवरले २०८ प्राप्त गरी प्यानल सहित बिजयी भएका छन् । 
यस्तै काँग्रेसका वाडाध्यक्ष उम्मेदवार वाडाध्यक्ष विन्देश्वर अमात्य १२९ मत ल्याई दोश्रो र संघीय समाजवादी फोरमका वडाध्यक्ष उम्मेदवार जय कुमार यादव ९४ मत ल्याई तेश्रो स्थानमा छन् । 

११ नम्बर वडामा ८ सय ३९ मतदाता रहेकोमा ६ सय ६२  मत खसेको थियो । वडा नं. ११ को मतगणना सकिँदा माओवादी केन्द्र १९४ र उप मेयर २०६ , संघीय समाजवादी फोरमले मेयर १५८ र उपमयेर १२० र नेपाली काँग्रेसले मेयर १२० र उपमेयर १२१ मत प्राप्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप