बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ को  एक महानगर र तीन उपमहानगरको यस्तो छ पछिल्लो मतपरिणाम

शनिबार, ०७ असोज २०७४, १२ : ०६
शनिबार, ०७ असोज २०७४

काठमाडौं– प्रदेश नम्बर २ को सर्वाधिक चासोको रुपमा रहेको स्थानीय तह वीरगन्ज महानगरपालिकाको मतगणना जारी छ  ।  वीरगन्ज महानगरमा काँग्रेसको अग्रता छ तर संघीय समाजवादी फोरम पछ्याउँदै छ । मतका हिसावले राजपा, एमाले र माओवादी अलि पछाडि छन् । 
वीरगन्ज महानगरपालिकाको ३० हजार ११७ मतको गणना सकिएको छ । 
प्राप्त पछिल्लो मत परिणाम 

 मेयर/उपमेयर

कांग्रेस  ६४०३ / ७३३१

फोरम  ६१८१ / ६०६६

राजपा  ४७४१ / ४००७

माओवादी केन्द्र  ३४२१ / २४३६

एमाले  ३१३७ / ३८०४


यसै गरी जीतपुरसिमरा उपमहानगरपालिकामा 

मेयर उपमेयर

एमाले  १२२७१ र ११९२०

कांग्रेस  १०४७२ र १०९०२

माओवादी केन्द्र  ९४९५ र ९०७०
जनकपुर उपमहानगरपालिकाको मतपरिणाम पनि  रोचक बन्दै गएको छ । नेपाली काँगे्रसको गढ मानिने जनकपुरमा राजपा दोब्बर मतले अग्रता लिरहेको छ । त्यस्तै, जनकपुर जित्ने दाबी गर्दै आएका एमाले राजपाभन्दा सात गुणाले पछाडी परेको छ । 
जनकपुर उपमहानगरपालिका (मेयर,उपमेयर)को पछिल्लो मतपरिणाम यस्तो छः
राजपा    १४३२२ – १०८७४
काँग्रेस   ५७३१ – ५३२०
एमाले    २०२२ – २०९१
ययस्तै  कलैया उपमहानगरपालिकामा एमालेको अग्रता रहेको छ । 
मेयर /उपमेयर 
नेकपा एमाले    ३३४२–    २६६८
समाजवादी फोरम    ३०२१–    २०७७
नेपाली कांग्रेस    २८७७–    १८७७
माओवादी केन्द्र    १०२४–    ७६०
राजपा    ९२५    १४४०


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप