कीर्तिपुरमा सानिमा बैंकको नयाँ शाखा
सोमबार, १७ फागुन २०७७, १७ : २४
काठमाडौं । सानिमा बैंकले काठमाडौंको कीर्तिपुरस्थित पांगा दोबाटोमा शाखा विस्तार गरेको छ । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सोमबार शाखाको उद्घाटन गरेका हुन् । समुद्घाटन समारोहमा मह जोडीले कीर्तिपुरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।
त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञपता व्यक्त गरे । सानिमा बैंकको हाल सातै प्रदेशमा ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार