कस्तो रहनेछ आजको मौसम ?
शुक्रबार, १० वैशाख २०७८, ०६ : ५३
हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको छ ।
शुक्रबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार