शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट र ट्रकमा ठोक्किँदा दुईको मृत्यु

शुक्रबार, ०३ कात्तिक २०७४, १० : ०५
शुक्रबार, ०३ कात्तिक २०७४

इनरुवा - सुनसरीको कोसी गाउँपालिका–८ भाण्टाबारीमा भारतीय नम्बरको गाडीको ठक्करबाट बिहीबार राति एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय अन्दाजी पचास बर्षीय महमद मुस्ताक मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०७ जी ८११५ नंको ट्रकले साइकलयात्री मियाँलाई ठक्कर दिँदा उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । 

यसैगरी, सुनसरीको रामधुनी नगरपालिका–२ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा बिहीबार राति एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इनरुवा नगरपालिका–८ का मुकेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक चिमरीयाले जानकारी दिए । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत तित्रीवनमा रोकेर राखेको ना ५ ख ५११ नंको ट्रकमा इनरुवाबाट इटहरीतर्फ जाँदै गरेको को ३१ प ६८०९ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटर साइकलमा सवार इनरुवा–८ का मुकेश चौधरी र विपुल चौधरी गम्भीर घाइते भएका थिए । 

घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकोमा मोटरसाइकल चालक मुकेशको उपचारका क्रममा मृत्यु भएको हो । 

घाइते विपुलको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । ट्रक र चालक सुनसरी प्रहरीको नियन्त्रणमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप