शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हत्यालाई आत्महत्या बनाएको भन्दै छानबिनको माग: यस्तो थियो घटना

बिहीबार, ०७ मङ्सिर २०७४, ०९ : ५३
बिहीबार, ०७ मङ्सिर २०७४

इटहरी - हत्यालाई नियोजित रुपमा आत्महत्या बनाइएको भन्दै मृतक परिवारले छानबिन गर्नु पर्ने माग गरेका छन । 

गत कार्तिक १९ गते इटहरी ९ निवासी ३८ बर्षीय कृष्ण कुमार क्षेत्रीको झुण्डिएको अबस्थामा सुनसरीको प्रकाशपुरमा शव फेला परेको थियो । 

बराह नगरपालिका स्थित २६ पाईप भन्ने स्थानमा जयन्त मण्डल र गोबिन्द मण्डलको घरमा उनी घरको सिलिङमा झुण्डिएको अबस्थामा भेटिएका थिए । 

तर मृतक क्षेत्रीका परिवारले आत्महत्या नभएको र जयन्त÷गोबिन्द मण्डलको संलग्नतामा हत्या भएको आरोप लगाएका छन् ।

जयन्त÷गोबिन्द मण्डल नाताले दाजुभाई हुन । हत्याको कारण आर्थिक कारोबार भएको आफन्तको दाबी छ । मृतक क्षेत्रीले मण्डल दाजुभाईलाई एक महिना अघि बस बेचेका थिए । 

सोही बसको पैसा समयमै नदिएको र माग्दा पटक पटक ज्यान मार्ने खालका घटना भइसकेको अवस्थामा भाईको हत्या भएको दिदी सरला घिमिरेले दाबी गरिन् । 

मण्डलले बस खरिद गरेको १२ लाख ७३ हजार रुपैयाँको बिषयमा भाईलाई घर बोलाएर हत्या गरि झुण्ड्याइएको उनको दाबी छ ।

मृतक परिवारको तर्फबाट किटानी जाहेरी दिएपछि मात्र मण्डल दाजुभाईलाईलाई प्रहरीले पक्राउ गरेको थियो । दुवै जना अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा छन ।

तर प्रहरीले आत्महत्या नै भएको भन्दै जर्वजस्त दबाब दिने गरेको भाई सबिन क्षेत्रीले गुनासो गरे ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका मुद्धा शाखाका सई योगेन्द्र श्रेष्ठले घटनाको निस्पक्ष रुपमा छानबिन गर्न माग गर्दा दोषीलाई जोगाउन उद्धत रहेको उनको दाबी छ । घटना भएको १५ दिन बित्दा समेत दोषी उपर छानबिन नगरेको क्षेत्रीको भनाई छ । 

घटनास्थल नजिक खेत माडिएको र मृतक क्षेत्रको खुट्टामा हिलो लागेको अवस्थामा शव झुण्डिएको थियो । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अभय जोशीले मृतकको अनुसन्धान भइरहको बताए । मृतक परिवारले दिएको जाहेरी अनुसार मण्डल दाजुभाई हिरासतमा रहेको र उनिहरुको बिषयमा अनुसन्धान भइरहको बताए ।

मनोज भुजेल
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप