शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका उम्मेद्वार महेश बस्नेतको घरमा बम भेटियो

आइतबार, १७ मङ्सिर २०७४, २१ : ४४
आइतबार, १७ मङ्सिर २०७४

हेमराज ढकाल


भक्तपुर – पूर्वमन्त्री एवम् भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधीसभा सदस्यमा वामगठबन्धनका लागि नेकपा एमालेकातर्फबाट उम्मेद्वार रहेका महेश बस्नेतको घरमा बम भेटिएको छ । 


सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुस्थित महेश बस्नेतको घरको गेटमा बम भेटिएको छ । पूर्वमन्त्री एवं एमालेका युवा नेता बस्नेतको घरको गेटमा बम भेटिएको बताएका छन्  । 


आज राती करिब पौने आठ बजे बस्नेतको घरको बाहिरको मूल गेटमा नयाँ ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अबस्थामा भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । 


उम्मेदवारको परिवार र स्थानीय बासिन्दालाई आतंकित पार्न यस्तो प्रयास गरेको हुनसक्ने स्थानीयले बताएका छन् । गेटमा झोला झुण्ड्यापछि स्थानीयले तत्कालै सुरक्षाकर्मीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेका नेपाली सेना र प्रहरीको टोलीले राती करिब ९ बजे बमलाई डिस्पोज गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप