चिम्टीका अग्निपीडितलाई राहत
शनिबार, २२ वैशाख २०८१, १० : २२
सप्तरी । आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई सप्तरीस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन् ।
नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा गाउँपालिका–१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तनलगायत सामग्री प्रदान गरिएको हो । नेपाल–भारतमैत्री सङ्घले पीडितलाई १० किलो चामल, दुई किलो दाल र नुन, एक किलो चिनी लुङ्गी, साडी, तन्ना, झुल, प्रदान गरेको छ ।
सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटीले नियमितरूपमा पीडितलाई भोजनको व्यवस्था गरेको छ । गत मङ्गलबार महादेवा गाउँपालिका–१ चिम्टीमा आगलागी हुँदा त्यहाँका ६२ परिवारका एक सय १४ वटा घर जलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
-
बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
-
मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब
-
नदीजन्य पदार्थको राजस्वमा रजाइँ : गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पदाधिकारीविरूद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण