शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भीमगिठेमा महिलाको शव भेटियो: बलत्कारपछि हत्याको आशंका

आइतबार, ०२ पुस २०७४, ०९ : ३९
आइतबार, ०२ पुस २०७४

बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ भीमगिठेमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ । 

गुल्मी साविकको नेटा गाविस हाल मुसिकोट नगरपालिका वडा न १ घर भई बडिगाड गाउँपालिका वडा ७ भीमगिठे दोवाटा कमल अधिकारीको घरमा बस्दै आएकी शारिरीक रुपमा बोल्न नसक्ने अन्दाजी ५५ बर्षकी नाम सीता लाटि जिसी महिलाको शव शनिबार राती ११ ४५ बजे भीमगिठे थाम्का डाँडाको जङ्गलमा वेवारिसे मृत अवस्थामा शव प्रहरीले भेटाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दिपक रेग्मीका अनुसार महिलाको शरिरमा कपडा नभएको अबस्थामा भेटिएका  कारण बलत्कार गरी हत्या गरेर फालेको हुन सक्ने बताए ।

राति अबेरसम्म पनि घरमा नआएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले भीमगिठे बसेर कुलोमा काम गर्ने दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरि ईलाका प्रहरी कार्यालय बुर्तिबाङ लगेको छ । 

उनीहरुलाई थप अनुसन्धानको लागि आज जिल्ला चलान गरिने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरिक्षक नारायण शर्माले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप