सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
बिहीबार, २० वैशाख २०८१, २३ : ५१
काठमाडौँ । राप्रपाले सांसद गीता बस्नेतलाई सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न निर्देशन दिएको छ । राप्रपाकी समानुपातिक सांसद बस्नेतलाई नवलपरासी पूर्वमा सहकारी ठगीको जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ।
सोही सन्दर्भमा बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बस्नेतलाई उक्त निर्देशन दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले गत चैत २७ गते पार्टीले आह्वान गरेको काठमाडौँ केन्द्रित जनप्रदर्शनले स्वदेश, विदेशका पार्टीका कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकमा नयाँ उत्साह पैदा गरेको बैठकको निष्कर्ष निकालेको पनि श्रेष्ठले जानकारी दिए ।
यस्तै आफ्ना ४० सूत्रीय माग पूरा गराउन आन्दोलनलाई विभिन्न स्वरूपमा जारी राख्दै जाने निर्णय गरिएको उनको भनाइ छ ।
_4U7o39qVA8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण