बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी डोजर लगाएर समस्या समाधान नहुने बताएका छन् । बिहीबार भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा समस्या समाधान गर्नुपर्ने भन्दै जहाँसुकै जाऊ, खाए खाऊ र मरे मर भन्ने गर्न नहुने बताए । उनले गरिब र सुकुम्वासी देख्नै नहुने कुनैपनि सरकारले गर्न नहुने बताए ।
‘मैले परारको साल पनि भनेको थिएँ, सुकुम्वासीका प्लास्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर’, ओलीले प्रश्न गर्दै भने, ‘सुकुम्वासीका प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ?’
केही समयअघि काठमाडौँका सुकुम्वासी बस्तीमा मेयर बाले शाहले डोजर चलाएका थिए । उनले सुकुम्वासीलाई डोजर देखाउने नभई सुकुम्वासीका समस्या समाधान गर्नुपर्ने बताए ।
गरिबको बस्ती भत्काउनुको साटो व्यवस्थापन गर्न सकिने भन्दै यत्रो देशमा रहेका यति जनता व्यवस्थापन गर्न सकिने पनि बताए । उनले काठमाडौँ उपत्यकामा ४८ सय घरपरिवारलाई घर बनाएर व्यवस्थापन गर्न सकिने भन्दै आवासको समस्या समाधान गर्न सकिने बताए ।
‘भत्काउने होइन, बनाउने अभियान चलाऔँ’, ओलीले भने, ‘सरकारमा हाम्रो पार्टी जनताको काम गर्न गएको हो ।’ उनले नक्कली सुकुम्वासीका नाममा डोजर चलाउने गरिएको पनि बताए । सुकुम्वासीका छोराछोरी पनि डाक्टर इन्जिनियर हुनसक्ने भन्दै बनिबुथो गरेर सुकुम्वासीका छोराछोरी पनि डाक्टर इन्जिनियर बन्न सक्ने बताए ।
उनले मेयर साहलाई सुकुम्बासीमाथि ज्यादती नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरुलाई हेप्ने ? भनि प्रश्न पनि गरे । सुकुम्वासीहरुको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीको भनाई थियो । उनले आफूले सरकारसँग सो समस्या समाधानका लागि गम्भिरतापूर्वक छलफल गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण