सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
बिहीबार, २० वैशाख २०८१, २३ : २१
काठमाडौँ । राप्रपाले सांसद गीता बस्नेतलाई सहकारी प्रकरणको छानविनमा सहयोग गर्न निर्देशन दिएको छ । राप्रपाकी समानुपातिक सांसद बस्नेतलाई नवलपरासी पूर्वमा सहकारी ठगीको जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ।
सोही सन्दर्भमा बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बस्नेतलाई उक्त दिर्नेशन दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले गत चैत २७ गते पार्टीले आह्वान गरेको काठमाडौँ केन्द्रीत जनप्रदर्शनले स्वदेश, विदेशका पार्टीका कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकमा नयाँ उत्साह पैदा गरेको बैठकको निश्कर्ष निकालेको पनि श्रेष्ठले जानकारी दिए ।
यस्तै आफ्ना ४० सुत्रीय माग पूरा गराउन आन्दोलनलाई विभिन्न स्वरुपमा जारी राख्दै जाने निर्णय गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण