वर्षायामको सुरुसँगै दूषित पानी पिउन बाध्य
डोल्पा-वर्षायामको सुरुसँगै पानीका मुहान बढेपछि डोल्पाली दूषित पानी पिउन बाध्य भएका छन् ।
वर्षायाम सुरु भएसँगै निरन्तर रातको समयमा भइरहेको वर्षात्ले गर्दा खानेपानीको मुहानमा माटो, बालुवा, काठका टुक्राजस्ता फोहर बगाएर ल्याउने गरकाले खानेपानी दूषित भएको हो ।
स्वच्छ खानेपानीे नहुँदा त्यही दूषित पानी पिउनुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिकाका दुर्गाप्रसाद देवकोटाले बताए । जिल्लाका त्रिपुराकोट, गल्ली, रल्ली, खदाङलगायतका दर्जनौँ बस्तीमा स्वच्छ खानेपानीको अभावमा अहिले पनि सिधै खोलाको पानी भरेर पिउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
जिल्लाका अधिकांश गाउँ बस्तीका धारामा पानी ल्याउन मुहानको रुपमा सिधै खोला प्रयोग गरिएकाले पनि वर्षात्मा डोल्पालीले दूषित पानी पिउनुपर्ने बाध्यता भएको त्रिपुरा सुन्दरी नगरपालिका–१ का दिलीप गिरीले बताए ।
सिधै खोलमा पानीको मुहान बनाउनाले खानेपानी दिगो नहुनुका साथै दूषित हुने गरेको उनले उल्लेख गरे ।
दूषित पानी पिउन थालेपछि गाँउका अधिकांश सर्वसाधारण रुघाखोकी, विषमज्वर, पखाला, ज्वरोको सङ्क्रमण देखिएकोे त्रिपुराकोटस्थित स्वास्थ्यचौकीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार