‘समृद्ध नेपालको मार्गचित्र’ सार्वजनिक
काठमाडौँ– स्थानीय विकासको सेरोफेरोलाई समेटेर तयार पारिएको ‘समृद्ध नेपालको मार्गचित्र’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, साझा पार्टीका नेता गोविन्दनारायण तिमिल्सिनालगायतले संयुक्तरुपमा सो पुस्तक लोकार्पण गरेका हुन् ।
जगन्नाथ काफ्लेद्वारा लिखित सो पुस्तकमा गाउँ र नगरलाई आगामी २० वर्षभित्र कस्तो बनाउने भन्नेबारेमा चर्चा गरिएको छ । लेखकले आफूले पढेको र देशविदेश घुम्दा देखेका विषय वस्तुलाई यथार्थ रूपले पुस्तकमा समेटेका छन् ।
करिब १६८ पृष्ठको सो पुस्तकको प्रकाशन खर्च लेखक आफैँले व्यहोरेका छन् । पुस्तक बिक्रीबाट प्राप्त रकम काफ्लेले धुर्मुस–सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गर्ने जनाएका छन् ।
पुस्तकमा गाउँ–नगर विकासमा जनप्रतिनिधिले गर्नुपर्ने कामका योजनाबारे विस्तृत व्याख्या गरिएकाले स्थानीय जनप्रतिनिधिका निम्ति सो पुस्तक प्रभाबकरी हुने जनाइएको छ ।
पुस्तकभित्र सामाजिक सुरक्षा, दिगो विकास, स्थानीय निकायमा वित्तीय व्यवस्थापन, सुशासन, कृषि, वन, पूर्वाधार विकास र फोहरमैला व्यवस्थापन गर्ने जस्ता विषय समेटिएका छन् ।
त्यसैगरी स्थानीय निकायका जनप्रतिनिधिले जनताको आकाङ्क्षामा भरोसा राख्ने, छिमिकी गाउँ/नगरसँगको स्वस्थ प्रतिस्पर्धा, आपसी सहयोग, वित्तीय व्यवस्थापन, स्थानीय कर आदिको व्यवस्थापन गर्ने विषयसमेत समेटिएको छ । अष्ट ‘ज’ अभियान नेपालले आयोजना गरको सो कार्यक्रममा सहभागी वक्ताले पुस्तकको विविध विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार