शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलाश सिरोहियामाथि फेरि खनिए अजय सुमार्गी, केएमजी ग्रुपमाथि कडा आरोप

बुधबार, ०३ माघ २०७४, १८ : ०६
बुधबार, ०३ माघ २०७४

हेटौंडा– व्यापारी अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाले मिडिया दूरुपयोग गरेर आफ्नो बदनाम गरेको आरोप लगाएका छन् । आज हेटौंडा एकेडेमीका २० औं वार्षिकत्सव पश्चात हेटौडामा पत्रकारहरुसँग बोल्दै सो कुरा बताएका हुन् ।

सुमार्गीले सिरोहियाको कान्तिपुर मिडिया ग्रुपलाई बल्याक्मेलिङ इन्ष्च्यिुटको संज्ञा दिँदै  आफुले पत्रकारिताको सिद्धान्त विपरित प्रश्न उठाउँदा उल्टै प्रतिरक्षा गरेको आरोप लगाए । उनले भने,  मैले पत्रकारिताको सिद्धान्त विपरीत भनेर प्रश्न उठाए। मिडियाको दुरुपयोग गरेर ब्ल्याकमेलिङ गरेको स्पष्ट पारे। मैले सम्पादकीय मूल्य मान्यतामा प्रश्न उठाउँदा प्रकाशक वा सम्पादक बोलेका छैनन्। केएमजी नाम गरेको एउटा बिजनेश फर्मले प्रतिरक्षा गरेको छ। यही हो पत्रकारिता ? आफ्नो कागज, आफ्नो कलम, आफ्ना कुरा, जे गरे पनि भयो ?

सुमार्गीले कैलाश र उनकी श्रीमती आबद्ध काठमाडौं मार्टको जग्गा आफुले खरिद गरेको तर उक्त तथ्यलाई लुकाएर अरुको नाम जोडेको समेत उनले स्पष्ट पारे । उनले जग्गा बेचेलगत्तै काठमाडौं मार्ट मासिएको र त्यो संस्थाको नाममा रहेको राजश्व नतिरेको समेत आरोप लगाए । उनले यो प्रकरण मिलाइदिन सिरोहियानै हारगुहार गर्दै हिडेको समेत खुलासा गरे । 

हेटौंडा एकेडेमीका संरक्षक समेत रहेका सुमार्गीले कान्तिपुरले केबलकार, डाबर नेपालदेखि रामदेव बाबा, मुरारकालाई समेत पीडित बनाएको स्पष्ट पारे । उनले आफुले ठूलो मात्रामा विदेशी लगानी मुलुकभित्र भित्र्याएर देशलाई समन्नुत बनाउन खोज्दा खेदिएको बताउँदै आतंककारी गतिविधि गर्न खोजेको आरोप लगाइएको दुखेसो पोखे ।

केही दिनअघि सुमार्गीले सिरोहियामाथि आफु विरुद्ध मिडियाको दूरुपयोग गर्दै अफवाह फैलाएको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेका थिए भने त्यसको भोलिपल्टै सिरोहिया नेतृत्वको केएमजी ग्रुपले आफ्नो कमजोरी लुकाउन सुमार्गीले मिडिया दूरुपयोग गर्न खोजेको आरोप लगाउँदै विज्ञप्ति जारी गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप