बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी नियन्त्रणका लागि ३ महिने कार्यक्रम गरिने

मङ्गलबार, २० चैत २०७४, १९ : ११
मङ्गलबार, २० चैत २०७४

निकेश खनाल
 

बर्दिवास । विगत केहि समय देखि महोत्तरीमा जबरजस्ती करणी (बलात्कार) का घटनामा बृद्धि भएको छ । घटना नियन्त्रण गर्न प्रहरी सचेत देखिए पनि बलात्कारका घटना नियन्त्रण हुन नसके पछि महोत्तरी प्रहरीले तिन महिने बिशेष कार्यक्रम सञ्चान गर्न मंगलबार पत्रकार सम्मेलन गरेको छ । 

महोत्तरीका प्रहरी उपरीषक कुबेर कठायतका अनुसार केहि समय  यता जबरजस्तीकरणी र उद्योगका घटना बढेको हुनाले बिशेष कार्ययोजना अन्तर्गत घटना न्यूनीकरणको लागि जिल्लामा  बिशेष कार्यक्रम गरिने जानकारी दिए ।

उनका अनुसार जिल्लाका हरेक गाउँ, नगर र विद्यालयमा  गएर विभिन्न जनचेतनामूलक कार्यक्रम गरिने बताए ।

कार्यक्रममा जबरजस्तीकरणीको घटना र यसको अवस्थाको बारेमा जानकारी गराउनुका साथै अपराध नियन्त्रण गर्नका लागि विभिन्न सरोकारवाला निकाय संग छलफल गरी  प्रभावकारी र समन्यनयात्मक भूमिका निर्धारण गरीने बताए । समाजमा घटना हुन नदिन  जनचेतनाका कार्यक्रम संचालन गरिने महिला शिक्षा तथा बालबालिका शिक्षामा जोड दिईने लैङ्गकि आधारमा हुने हिंसा र विभेद्हरुको अन्त्य गर्न  प्रचलित कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिई स्थानीय तहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताईएको छ ।

जबरजस्तीकरणीको अपराधमा विशेष गरी डर त्रास, धम्की, ललाई फकाई, प्रेम विवाहको बाहनामा घटना घटाईने गरेको महोत्तरी प्रहरीकोे तथ्याङ्क छ ।

अधिकांश घटना जिल्लाको सुदुर उत्तरवर्ती नगर बर्दिबास गौशालामा क्षेत्रमा हुने गरेको प्रहरीको प्रतिवेदनले देखाएको छ । जबरजस्तीकरणीमा अधिकांश  १६ देखि २५ वर्ष उमेरका  रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्याकं अनुसार आर्थिक वर्ष ०७४–७५ को फागुन मसान्तसम्ममा ५ वटा जवरजस्तीकरणी र ७ वटा जवरजस्तीकरणी उद्योगका घटना भएको छ ।

महोत्तरीमा बलात्कारका घटनामा राजनीतिक पहुच र पैसा र गाउ घरको छलफलकै भरमा धेरैजसो गाउँ घरमै मिल्ने गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप