शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओबामा दम्पतीले आफ्नी छोरीको प्रेमीसँग किन माफी मागे ?

आइतबार, ०९ वैशाख २०७५, १४ : ४६
आइतबार, ०९ वैशाख २०७५

न्युयोर्क । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा आफ्नो विनम्र व्यवहारका लागि चिनिन्छन् । पछिल्लो पटक उनीहरुले आफ्नी छोरी मेलिसाको प्रेमी रोरी फारकुहारसनसँग पत्र लेखेर माफी मागेको समाचार आएको छ ।

१९ वर्षिया मेलिसा र २० वर्षे रोरी अघिल्लो वर्ष हरवार्ड विश्वविद्यालयमा अध्ययनका क्रममा भेट भएदेखि चर्चामा रहेका छन् ।

उनीहरुबीच प्रेम सम्बन्ध रहेको मिडिया रिपोर्टमा समाचारहरु प्रकाशित भएका छन् ।

ओबामा दम्पत्ति आफ्नो छोरी चर्चित परिवारबाट भएको कारणले रोरी र उनको परिवारमा हुने सार्वजनिक चासोबारे चिन्तित देखिएका छन् । 

त्यही भएर ओबामा दम्पत्तिले आफूहरुका कारण उनीहरुको व्यक्तिगत जीवनमा बढेको चाँसोबारे माफी मागेका हुन् । 

तर, यसमा ओबामाद्वयले चिन्ता लिनुनपर्ने जस्तो देखिन्छ ।

सफल्कस्थित आफ्नो १६ लाख डलरको घरमा बस्ने रोरीका धनी अभिभावक चाल्स र क्याथरिनले पूर्व राष्ट्रपतिले लेखेको यो पत्रबारे आफ्ना परिचितहरुसँग खुसी साथ सुनाउने गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप