शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताल र आवास भवन हस्तान्तरण

मङ्गलबार, ११ वैशाख २०७५, ०९ : ०८
मङ्गलबार, ११ वैशाख २०७५

रसुवा - भूकम्पपछि नेपाल रेडक्रसले धुञ्चेमा निर्माण गरेको जिल्ला अस्पताल र स्वास्थ्यकर्मी आवास भवन सोमबार हस्तान्तरण भएको छ । 

रु एक करोड ६८ लाख ९३ हजारमा निर्माण भएको २५ कोठे जिल्ला अस्पताल र रु दुई करोड ८८ लाख ३३ हजारको लागतमा अस्पताल हाताभित्र निर्मित कर्मचारी, स्वास्थ्यकर्मी बस्ने २६ कोठा भएका चारवटा भवनसमेत सोमबारै जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण भएको रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङले बताए। अस्पतालमा १५ श्यया रहेका छन् । 

क्यानाडाली रेडक्रसको आर्थिक सहयोगमा निर्माण भएको प्रिफेब्रिकेटेड मोडलका भवनबाट अस्पतालको सबै सेवा सुचारु भइसकेको र दैनिकरुपमा बहिरंगमा समेत २५÷३० जना बिरामीले सेवा लिने गरेको जिल्ला स्वास्थ्य प्रमुख डा गुणनिधि शर्माले बताउनुभयो । 

एक कार्यक्रमका बीच स्थानीय जनप्रतिनिधि, रेडक्रसकर्मी, स्थानीय प्रशासकसमेतको रोहवरमा रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापा र क्यानेडिएन रेडक्रसका सञ्चालक समितिका अध्यक्ष ग्याभिन गाइल्सले संयुक्तरुपमा शिलापत्रको अनावरण गरी अस्पताल भवन तथा स्वास्थ्यकर्मी आवास हस्तान्तरण गरेका थिए । 

जिल्ला अस्पताल व्यवस्थित तवरले सञ्चालनमा सहज बनाउन रेडक्रसले रु ४५ लाख पाँच हजारका उपकरण र रु १९ लाख ६८ हजार बराबरको फर्निचरसमेत उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो । 

रसुवा जिल्ला अस्पताल निर्माणले जिल्लावासीका साथै नेपाल–चीन ९केरुङ० व्यापार व्यवसायमा आएका व्यक्ति र हिमाली पदयात्रामा आएका पर्यटकको उपचारमा समेत सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप