काठमाडौँ महानगरको सिप मेलामा प्रशिक्षण लिनेको सङ्ख्या १० हजारभन्दा बढी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ । ‘सिप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन् । हरेक दिन बिहान ८ बजेदेखि कक्षाहरू भइरहेको महानगरले जनाएको छ । तालिम सञ्चालनसँगै अहिले आवेदकहरूको समूह विभाजन र कागजमा फाराम भर्नेहरूको विवरण कम्प्युटरमा प्रविष्ट गराउने काम भइरहेको महानगरको भनाइ छ ।
तालिमका लागि २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरूको ठुलो सङ्ख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।
लिइएका आवेदनमध्ये अनलाइनबाट करिब पाँच हजार जनाले फाराम भरेको साथै वडाहरूबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको सङ्ख्या १० हजार बढी रहेको महानगरको भनाइ छ ।
मागलाई व्यवस्थापन गर्न तालिमलाई सिप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आबद्ध गरेर नियमित गरिने योजना बनाइएको, सी मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए ।
ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सिप मेलामा सहभागी गराइनेछ । उनीहरूलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ । २० गतेपछि फाराम भर्नेहरूको हकमा अर्को व्यवस्था गरिने ढकालले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान