काठमाडौँ महानगरको सिप मेलामा प्रशिक्षण लिनेको सङ्ख्या १० हजारभन्दा बढी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ । ‘सिप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन् । हरेक दिन बिहान ८ बजेदेखि कक्षाहरू भइरहेको महानगरले जनाएको छ । तालिम सञ्चालनसँगै अहिले आवेदकहरूको समूह विभाजन र कागजमा फाराम भर्नेहरूको विवरण कम्प्युटरमा प्रविष्ट गराउने काम भइरहेको महानगरको भनाइ छ ।
तालिमका लागि २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरूको ठुलो सङ्ख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।
लिइएका आवेदनमध्ये अनलाइनबाट करिब पाँच हजार जनाले फाराम भरेको साथै वडाहरूबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको सङ्ख्या १० हजार बढी रहेको महानगरको भनाइ छ ।
मागलाई व्यवस्थापन गर्न तालिमलाई सिप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आबद्ध गरेर नियमित गरिने योजना बनाइएको, सी मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए ।
ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सिप मेलामा सहभागी गराइनेछ । उनीहरूलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ । २० गतेपछि फाराम भर्नेहरूको हकमा अर्को व्यवस्था गरिने ढकालले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण