शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण खेलको सुखद अन्त्य, तस्बिरहरू
मैत्रीपूर्ण टी–२० प्रतियोगिता

मैत्रीपूर्ण खेलको सुखद अन्त्य, तस्बिरहरू

शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । काठमाडौँमा जारी पाँच खेलको टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले पराजित गरेको छ । 

nepal vs west indies (27)

टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो । 

nepal vs west indies (25)

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । शेख र शाहले क्रमशः ५१ र ५८ रन बनाए । 

nepal vs west indies (3)

कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै खेलको सुखद अन्त्य गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । 

nepal vs west indies (11)

वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए । कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चार्ल्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

nepal vs west indies (10)

नेपालका सोमपाल कामी र सागर ढकालले तीन/तीन विकेट लिए । नेपालको १५ सदस्यीय टोली अब विश्वकपका लागि अमेरिका उड्नेछ । 

nepal vs west indies (1)nepal vs west indies (2)nepal vs west indies (4)nepal vs west indies (5)nepal vs west indies (6)nepal vs west indies (7)nepal vs west indies (8)nepal vs west indies (9)nepal vs west indies (12)nepal vs west indies (13)nepal vs west indies (14)nepal vs west indies (15)nepal vs west indies (16)nepal vs west indies (17)nepal vs west indies (18)nepal vs west indies (19)nepal vs west indies (20)nepal vs west indies (21)nepal vs west indies (22)nepal vs west indies (23)nepal vs west indies (24)nepal vs west indies (26)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया