काठमाडौँ । काठमाडौँमा जारी पाँच खेलको टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले पराजित गरेको छ ।
_PjsaomeZJO.jpg)
टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो ।
_5iFbF1Unp4.jpg)
नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । शेख र शाहले क्रमशः ५१ र ५८ रन बनाए ।
_xMuSbHaheh.jpg)
कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै खेलको सुखद अन्त्य गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।
_pA8Ndc00JI.jpg)
वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए । कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चार्ल्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।
_0GlGvJE1k9.jpg)
नेपालका सोमपाल कामी र सागर ढकालले तीन/तीन विकेट लिए । नेपालको १५ सदस्यीय टोली अब विश्वकपका लागि अमेरिका उड्नेछ ।
_R9cb81bZBj.jpg)
_6MlTERBOtE.jpg)
_YPgO4gHlwp.jpg)
_INjta4ZkEV.jpg)
_qKzNqwMI0y.jpg)
_S7K41BK0hN.jpg)
_jKA9ZYpr8q.jpg)
_c4qfRBHXZc.jpg)
_vMgZognujB.jpg)
_G5lVeGkQEH.jpg)
_hGdsxTfAe4.jpg)
_W8sqAfWgoX.jpg)
_eO5Wrm6Yb2.jpg)
_HrDSgkms3V.jpg)
_4Jx6saYPus.jpg)
_WjWQsiAwAu.jpg)
_Je52wYqfgj.jpg)
_GLt8vnL583.jpg)
_XYJJpp2nCE.jpg)
_gl0RFJAE5N.jpg)
_Z0YqrhPTjS.jpg)
_e7c4Zsx9Jf.jpg)
प्रतिक्रिया