बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गोरेका बाबु भन्छन्- मैले भनेको नमान्दा यस्तो हबिगत व्यहोर्नुपरयो

शुक्रबार, ११ जेठ २०७५, ०७ : ४६
शुक्रबार, ११ जेठ २०७५

मोरङ - गोरेलाई अदालतमा हाजिर गराइएपछि उनका बाबु नेत्र उप्रेती मोरङ आएका छन्  ।  आजको नयाँ पत्रिकामा समाचार छ ।

उनले आफूले छोरालाई पहिलेदेखि नै अवैध काममा नलाग्न र बानी सुधार्न आग्रह गर्दै आएको जानकारी दिँदै नमान्दा यस्तो हबिगत भएको पत्रकार र कानुन व्यवसायीसँग बताएका छन् । 

पहिले मोरङको इटहार झुनाबारी हुँदै उर्लाबारी नगरपालिका– ७ मा बसोवास गर्दै आएका नेत्र सपरिवार पाँच वर्षदेखि काठमाडौं गौरीधारा बस्न थालेका थिए । 

उर्लाबारी– ७ पशुपति मार्गमा रहेको पुरानो घर उनले भाडामा लगाएका छन्  । काठमाडौँको घर आफू प्रहरी सेवाबाट अवकाश भएपछि पाएको पैसा र पहिले गोरे विदेशमा गएर कमाएको पैसाले बनाएको, तर कुनै अवैध कमाइ लगानी नभएको उनको भनाइ छ ।

 ‘काठमाडौंको घर गोरेको अवैध कमाइले होइन, वैध कमाइको हो,’ नेत्रले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप