शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको विद्यार्थी संगठनले गर्यो चितवनमा अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान

आइतबार, १० असार २०७५, १४ : ११
आइतबार, १० असार २०७५

चितवन– नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् । 

प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । 

विद्यार्थीको आह्वानपछि निजी शैक्षिक संस्था बन्द रहेका छन् । सामुदायिक विद्यालय भने नियमित सञ्चालनमा छन् । 

क्रान्तिकारीका जिल्ला सचिव दर्पणद्वारा जारी विज्ञप्तिमा आफ्ना जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई क्रमशः रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस र माडी बहुमुखी क्याम्पसबाट पढिरहेको समयमा गैर न्यायिक ढंगबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको भन्दै दुबै जनाको तत्काल रिहाइको माग गरेको छ । 

पक्राउ परेका विद्यार्थी नेता रिहाइ नभएसम्म आन्दोलन जारी रहने क्रान्तिकारीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शिक्षण संस्थालाई नियमित सञ्चालन गर्न भनिएको बताउँदै शैक्षिक वातावरण कायम राख्न आवश्यक शान्ति सुरक्षाको प्रत्याभूति गरिने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप