चेल्सीले टोट्टनहामलाई हरायो
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा टोट्टनहाम पराजित भएको छ । प्रिमियर लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेल्सीले टोट्टनहामलाई २–० गोलले हराएको हो । जितसँगै चेल्सीले युरोपियन फुटबलमा छनोट हुने सम्भावना जिवितै राखेको छ ।
घरेलु मैदानमा खेलिएको खेलमा चेल्सीले दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको २४औँ मिनेटमा चेल्सीका लागि ट्रेभो चालोबाले पहिलो गोल गरेका थिए । कोनोर गालाघरको फ्रिकिक पासमा ट्रेभोले गोल गरेका हुन् ।
सोही गोलका कारण पहिलो हाफमा चेल्सी अगाडि रह्यो । खेलको ७२औँ मिनेटमा चेल्सीका लागि निकोलस ज्याक्सनले दोस्रो गोल थपेका थिए । ३४ खेलबाट ५१ अंक बटुलेको चेल्सी तालिकाको आठौँ स्थानमा आसिन छ ।
चेल्सीसँग पराजित भए पनि टोट्टनहाम भने तालिकाको पाँचौँ स्थानमा यथावत छ । टोट्टनहामले ३४ खेलबाट ६० अंक बटुलेको छ । आर्सनल प्रिमियर लिग तालिकाको पहिलो स्थानमा छ । आर्सनलले ३५ खेलबाट ८० अंक बटुलेको छ ।
दोस्रो स्थानमा आसिन म्याचनेस्टर सिटीले ३४ खेलबाट ७९ अंक जोडेको छ । ३५ खेलबाट ७५ अंक बटुलेको लिभरपुल तालिकाको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण