यो वर्ष प्रेस स्वतन्त्रता हननका ६२ घटना
काठमाडौं । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यो वर्ष राज्य र गैर राज्यपक्षबाट ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको बताएका छन् । पोखरेलले कार्यपालिका र व्यवस्थापिका मात्रै नभएर न्यायपालिकाले समेत प्रेस स्वतन्त्रतामाथि अप्ठ्यारो पार्ने खालको निणर्य गर्न थालेको भन्दै टिप्पणी गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को अवसरमा आज अध्यक्ष पोखरेलले यो वर्ष (२०८० मे ३ देखि २०८१ मे ३) सम्म प्रेस स्वतन्त्रता हनन्का विभिन्न ६२ वटा घटना भएको जानकारी दिए ।
पोखरेलले भने, ‘२०८० मे ३ देखि २०८१ मे ३ सम्मको रिपोर्ट हेर्दा ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु भएका छन् । त्यहाँ राज्य र गैर राज्य दुवै पक्षबाट भएको घटना उल्लेख छन् । धम्की, दुर्व्यवहार, गिरफ्तारी, कब्जा पेशागत सुरक्षा,जस्ता विषयबाट थुप्रै पत्रकारहरु पीडित बनेको अवस्था छ ।’
अध्यक्ष पोखरेलले न्याय पालिकाले समेत प्रेस स्वतन्त्रतामाथि अप्ठ्यारो पार्ने गरी निर्णय गर्न थालेको र त्यसले राज्यका हरेक अंगले प्रेसप्रति अनुदारता बन्दै गइरहेको भन्दै आजको दिनमा प्रेस स्वतन्त्रताको मुद्दा अझ बढी छलफलको विषय बनेको बताए ।
‘अहिले पनि कार्यपालिका,व्यवस्थापिका मात्रै होइन न्यायपालिकाका निणर्यहरुपनि प्रेस स्वतन्त्रतालाई कतै कतै अप्ठ्यारोमा पार्ने ढंगको आउन थालेका छन् । यसले गर्दा खेरी राज्यका हरेक संरचनाहरु र राज्यका स्टेकहोल्डरहरु प्रेसप्रति अनुदार बन्दै गैराखेको बेलामा आजको दिनमा हामीले प्रेस स्वतन्त्रताको मुद्दालाई अझ विषेश छलफलको विषय बनाउने र यसमा साझा धारणा निर्माण गर्ने र प्रेस स्वतन्त्रताको शसक्त अभ्यास गर्ने सन्दर्भमा बलियो आत्मविस्वास प्राप्त गर्ने दिनका रुपमा आजको दिनलाई मनाउनुपर्ने छ ।’
यस्तै, पोखरेलले आफ्ना क्षेत्रको कमजोरीलाई हटाउँदै सञ्चार क्षेत्रलाई श्रम शोषण मुक्त क्षेत्रको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण