बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा १६ वर्षीया युवतीलाई ज्युँदै जलाएर हत्या गरिएको खुलासा

आइतबार, २४ असार २०७५, १९ : ४२
आइतबार, २४ असार २०७५

बुटवल– रुपन्देहीको कञ्चन गाउँपालिका  वडा नम्वर ५ , पिपरचाँपाकी १६  वर्षिषा किशोरी  समीक्षा ठकुरीको जिउँदै जलाएर हत्या गरिएको छ । ठकुरीको आफ्नै वावुले मट्टितेल छरेर  जलाउँदै हत्या गरेको घटनाका खुलासा भएको हो ।

असार १० गते विहान करिव ३ वजेको समयमा शरिरमा आगो लागे पछि समिक्षालाई बुटवलको एक अस्पताल पछि पाल्पाको प्रभास अस्पताल र पछि किर्तिपुरको एक अस्पतालमा उपचारका लागि लगिएको थियो सोही क्रममा उनको असार २० गते मृत्यु भएको थियो । 

मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो ।

मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै थिइन् । मावली घरमा बस्दै आएका उनी केही महिना अघिमात्र बाबुको घरमा आएकी थिइन् ।

समीक्षा जन्मिएको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि आमा–छोरी माइत बस्न थालेको आमा माया थापाले बताइन् ।

‘घरमा बस्न थालेपछि कहिले कुटे, कहिले खान दिएनन् । कहिले स्कूलको फिस तिर्दिएनन् भनेर सधैं रोएर फोन गर्थी’ समीक्षाकी आमा मायाले भनिन्, ‘घटना हुने दिन पनि बजारबाट साँझ फर्किंदा घरभित्र नपस् भनेर गालीगलौज गरेका रहेछन् ।’

मायाका अनुसार ९ कक्षा पास गरेपछि ‘मम्मी अब म बाबाको घरमा बसेर पढ्छु, तपाईले मात्र खर्च धान्न सक्नुहुन्न’ भनेर समीक्षा बुबासँग बस्न थालेकी थिइन् ।

तर, परिवारका सदस्यले कुटपिट गर्ने, खाना खान नदिने, दुर्व्यवहार गर्ने र सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेको स्थानीय अगुवा बोम दर्लामीले बताए ।

आगोले जलेर घाइते भएपछि समीक्षाले आफूलाई हजुरआमाले यस्तो अवस्थामा पुर्याएको बताएको सानीआमा रचना बुढाथोकीले दाबी गरिन् ।

‘समीक्षा हरेक विषयमा चासो राख्ने स्वभावकी थिइन्, उनले आमामाथि भएको हिंसा र अत्याचार बुझेकी थिइन्, जान्नेबुझ्ने भएपछि आमामाथि भएको हिंसा र अन्यायको बदला लिन घरमै बसेर लड्छु र अंश लिन्छु भन्न थालेपछि मार्ने योजना अनुसार मट्टतिेल छर्केर आगो लगाइएको हो’ दर्लामीले भने ।

रूपन्देही प्रमुख श्याम ज्ञवालीले भने घटनाको प्रकृतिले हत्या जस्तो देखिएको तर, परिवार वा कसले भन्ने नसकिने बताए । उनले भने, ‘केही उपचारपछि धेरै कुरा आउन सक्छ भन्ने थियो तर, उनको मृच्यु भयो । तर, हामीले गम्भीर रूपमा लिरर अनुसन्धान गरिरहेका छौं ।’

वुटवल ईलाका प्रहरी प्रमुख डिएसपी डिलबहादुर मल्लले घटनाबारे गम्भीर छानविन भई रहेको र छिट्टै सत्य तथ्य वाहिर ल्याने बताए । उनले भने–‘ ति किशोरी र परिवार विच सम्वन्ध शौहार्दपुर्ण नभएको पाईएको छ ।  उनको मृत्युबारे अनुसन्धान भई रहेको छ अव छिट्टै सार्वजानिक गरिने छ । ’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप