विकासका योजनाहरू समयमै सम्पन्न हुन नसक्नुको कारण खोजौँ : सांसद भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले विकासका योजनाहरू समयमै सम्पन्न हुन नसक्नुको कारण समाधानका उपायहरू खोज्न आवश्यक रहेको बताएका छन् । बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद भण्डारीले सरकारले ठोस नीति र कार्यक्रम बनाउन नसक्दा विकासका योजनाहरू समयमै सम्पन्न हुन नसकेको पनि बताए । उनले अहिलेका राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न हुन नसक्नुमा वन क्षेत्र लगायतका समस्या रहेको भएपनि कतिपय योजनाहरू निर्माण कम्पनीहरूको बदमासीका कारण सम्पन्न नभएको जिकिर गरे । उनले अब कुनैपनि निर्माणका योजनाहरू समय भन्दा पर जाने कुराको अन्त्य हुन आवश्यक रहेको बताए ।
सांसद भण्डारीले पूर्वाधार विकासका दृष्टिकोणले सडक सबैभन्दा महत्त्वपूर्ण आवश्यकता भएको पनि उल्लेख गरे । उनले कतिपय अवस्थामा निर्माण व्यवसायीहरूले ठेक्का प्राप्ति गरिसकेपछि सुरुमा केही रकम लिने र समयमा काम नगर्ने अवस्था भइरहेको बताए ।
सांसद भण्डारीले नियतवश काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरूलाई कानुनको दायरामा ल्याउन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण