शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विकासका योजनाहरू समयमै सम्पन्न हुन नसक्नुको कारण खोजौँ : सांसद भण्डारी

बिहीबार, २० वैशाख २०८१, १७ : ३१
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले विकासका योजनाहरू समयमै सम्पन्न हुन नसक्नुको कारण समाधानका उपायहरू खोज्न आवश्यक रहेको बताएका छन् । बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

सांसद भण्डारीले सरकारले ठोस नीति र कार्यक्रम बनाउन नसक्दा विकासका योजनाहरू समयमै सम्पन्न हुन नसकेको पनि बताए । उनले अहिलेका राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न हुन नसक्नुमा वन क्षेत्र लगायतका समस्या रहेको भएपनि कतिपय योजनाहरू निर्माण कम्पनीहरूको बदमासीका कारण सम्पन्न नभएको जिकिर गरे । उनले अब कुनैपनि निर्माणका योजनाहरू समय भन्दा पर जाने कुराको अन्त्य हुन आवश्यक रहेको बताए । 

सांसद भण्डारीले पूर्वाधार विकासका दृष्टिकोणले सडक सबैभन्दा महत्त्वपूर्ण आवश्यकता भएको पनि उल्लेख गरे । उनले कतिपय अवस्थामा निर्माण व्यवसायीहरूले ठेक्का प्राप्ति गरिसकेपछि सुरुमा केही रकम लिने र समयमा काम नगर्ने अवस्था भइरहेको बताए ।

सांसद भण्डारीले नियतवश काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरूलाई कानुनको दायरामा ल्याउन आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप