बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चक्कु प्रहार गरी वृद्धको हत्या प्रयास

बिहीबार, ०३ साउन २०७५, १२ : २१
बिहीबार, ०३ साउन २०७५

परासी–नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर ३ मा चक्कु प्रहारबाट एक जना वृद्ध गम्भीर घाइते भएका छन् । 
बुधबार साँझ साढे ६ बजे पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा–सुगौली क्षेत्रमा रहेको आफ्नै बारीमा घाँस काट्न गएको बेला ६५ वर्षीय सुब्बा अन्सारीलाई स्थानीय दुई जना युवकले चक्कु प्रहार गरेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
गम्भीर घाईते अंसारीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
चक्कु हान्न संलग्न सोहि गाउँपालिका ३ कै कुश्मा गाउँ बस्ने २० बर्षिय नेसार पवरिया र १९ बर्षिय कृष्ण बहेलियालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप