बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डलरको मूल्य स्थिर, तर महंगो

आइतबार, ०३ भदौ २०७५, ११ : ४८
आइतबार, ०३ भदौ २०७५

काठमाडौं–अमेरिकी डलरको मूल्य  दुई दिनदेखि स्थिर छ  । तर  इतिहासकै महंगो बनेको छ ।

 आइतबार  नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर एक सय ११ रुपैयाँ ९५ पैसा तोकेको छ । अमेरीकी एक डलरको बिक्रि मूल्य १ सय १२ रुपैयाँ  ५५ पैसा कायम भएको छ । 

एक यूरोको खरिददर १ सय २७ रुपैयाँ ५६  पैसा छ भने बिक्रिदर १ सय २८ रुपैयाँ २४ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४२ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर १ सय ४३ रुपैयाँ १६ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर  १० रुपैयाँ १३ पैसा र बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३ सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३ सय ७० रुपैयाँ ८९ पैसा रहेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप