शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पुृ महोत्सव हुँदै

मङ्गलबार, ०२ असोज २०७५, १७ : ००
मङ्गलबार, ०२ असोज २०७५

बुटवल –पश्चिम रुकुममा आगामी असोज ११ देखि १५ गतेसम्म हुने दोस्रो स्यार्पू पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । बाँफीकोट गाउँपालिकासिथ्त वडा नम्वर ३ र ५ मा  फैलिएको स्यार्पु तालको छेउमै हुने महोत्सवमा मेला भर्न आउनेहरुलाई खान र बास ब्यवस्थापनको काम भईरहेको आयोजकले जनाएको छ ।

महोत्सव मुल समारोह समितिका सचिव चन्द्रबहादुर केसीका अनुसार स्यार्पुताल वरपर होमस्टे निर्माण गरिएको छ  ।  होमस्टे र अन्य घरहरुमा बसेर खान खानेहरुलाई खसीको मासु भात प्रति छाक दुई २२० र लोकल कुखराको मासुसहित २ सय ३० तोकिएको छ । आवास ब्यवस्थापन उपसमितिले खाना र बासको दर तोकेको हो । 

त्यस्तै, ब्रोइलर कुखुराको  मासु सहितको खानाको मुल्य २ सय तोकिएको छ । ‘जल, जंगल, जडिबुटी, कृषि, कला, सस्कृति हाम्रा उत्सव, बाँफिकोट समृद्धिका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवले स्थानीयको आयश्रोत बढ्ने आयोजकको अपेक्षा छ । सुन्दर टापुमा अवस्थि उक्त ताल र वरपरको दृश्य निकै मनोरम रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप