आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निर्घात कुटेर श्रीमानले लिए श्रीमतीको ज्यान

बुधबार, १० असोज २०७५, १४ : ३७
बुधबार, १० असोज २०७५

बुटवल– बाँके जिल्लामा मदिराको उन्मादमा श्रीमानले निर्घात कुटेर श्रीमतीको ज्यान लिएका छन् ।  सोमबार राती सवा १२ बजेको समयमा जानकी गाउँपालिका–६ बस्ने ३५ वर्षीय प्रेम गिरीले २९ वर्षीया श्रीमती जानकी गिरीलाई कुटोले टाउकोमा प्रहार गरी ज्यान लिएका हुन । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौड्यालका अनुसार गम्भीर घाईते जानकीलाई नेपालगञ्ज नर्सिङ्ग अस्पतालमा उपचार्थ भर्ना गरिएकोमा आज बिहान ज्यान गएको हो । श्रीमती कुटेर फरार गिरी फेला परेका छैनन् । त्यसरात श्रीमतीलाई कुटोले निर्घात कुटेर फरार रहेका गिरीको खोजी भैरहेकोे एसपी पौड्यालले  जानकारी दिए । 

अन्दाजी ५ फिट ८ ईन्च अग्ला, गहुँ गोरो र  मोटो–घाटो शरीर भएका उनलाई  देख्नु हुने जो कोहीले बाँके जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा गोप्य रुपमा सुचना दिन समेत प्रहरी प्रमुख पौड्यालले आग्रह गरेका छन् ।  उनी भारततर्फ  छिरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । 

कोहोलपुर क्षेत्रमा बसोबास गर्ने उनी स्थायीबासी हुन वा डेरा गरी बसेका हुन् यसबारे  अनुसन्धान भई रहेको समेत एसपी पौड्यालले बताए ।  उनका दुई सन्तान समेत रहेका छन् । बाबु फरार र आमाको मृत्यु भएपछि बालबालिकाको बिचल्ली भएको छ ।   

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप