बाँके एमाले जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल
बुटवल । नेकपा एमाले बाँकेको नयाँ नेतृत्वका लागि शनिबार साँझ उम्मेदवारी दर्ता भए पनि अझैसम्म निर्वाचन हुन सकेको छैन । शुक्रबार सुरु भएको नवौँ अधिवेशनको बन्द सत्र शनिबार सकिएपछि साँझ उम्मेदवारी दर्ता गरिएको थियो।
तर नेताहरूले अपेक्षा गरेभन्दा फरक तरिकाले त्रिपक्षीय प्यानल बनेपछि त्यसलाई मिलाउन नेताहरूले आज बिहानैदेखि समय लिएका थिए। निवर्तमान अध्यक्ष किस्मत कक्षपति, पूर्वअध्यक्ष निरक गुरुङ र निवर्तमान उपाध्यक्ष डिल्ली बिसीले अधिकांश पदमा प्यानलसहित उम्मेदवारी दिएका छन्।
शनिबार रातभर र आइतबार दिनभरको मेहनतले पनि जिल्ला अधिवेशनमा सर्वसम्मतिको प्रयास सफल नभएपछि अहिले साँझ निर्वाचनको तयारी गरिएको जनाएको छ। निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले अब मतदानको प्रक्रिया जाने तयारी रहेकाे राताेपाटीलाई बताए । उनले भने, ‘अब केही समयपछि निर्वाचन हुन्छ।’
तीन वटा प्यानलबाट सचिवमा दत्तप्रसाद आचार्य, भीम वली, बलाराम भट्टराई, खिलप्रसाद भुसालबिच प्रतिस्पर्धा हुने भएको छ । उपसचिवमा किशोर थापा, दीपककुमार बर्मा, सोमलाल यादव र समावेशी उपसचिवमा रचना श्रेष्ठ, शारदा विश्वकर्मा, निर्मला सुनार प्रतिस्पर्धामा छन् ।
४६८ जना प्रतिनिधि रहेको अधिवेशनबाट १२० सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । केही समावेशी सदस्यहरू निर्विरोध भए पनि अन्यमा निर्वाचन हुने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण