नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मानित गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा इटहरीमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो ।
समारोहमा नेशनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभर बाट नेशनल रत्नमा उत्साहजनक रूपमा अभिकर्ताहरू छनौट हुन सफल भएको बताए ।
वहाँले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार कोशी र मधेस प्रदेशका अभिकर्ताहरूबाट सम्मान कार्यक्रम सुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै नै सम्मान गरिने ब्यहोरा जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण