शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा चिनियाँ जनजीवन झल्कने चित्रकला प्रदर्शनी

सोमबार, ०५ कात्तिक २०७५, १८ : ४४
सोमबार, ०५ कात्तिक २०७५

काठमाडौँ– चाइना नेशनल एकेडेमी अफ पेन्टिङ र नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रद्वारा आयोजित चिनियाँ शैली शीर्षकको दुईदिने चित्रकला प्रदर्शनी आज नेपाल कला परिषद् बबरमहलमा शुरु भएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले यस्ता प्रदर्शनीबाट एक अर्काबाट सिक्ने अवसर मिल्ने उल्लेख गरे । बुद्दका उपदेशले पनि दुवै देशका सामाजिक जीवनमा समान रुपमा प्रभाव पारेको उनले बताए । 

चिनियाँ साँस्कृतिक केन्द्रका निर्देशक यीन खुनसोङले दुई देशवीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले यस्तो कला प्रदर्शनीको आयोजना गरिएको जानकारी दिए । 

नेपाल भ्रमणमा रहेका चिनियाँ कलाकारको एघार सदस्यीय टोलीका नेता तथा कलाकार चाङले दुईदेशबीच कलाकारको आदानप्रदानले सम्बन्धलाई जनस्तरमा पुर्याउने बताए । प्रदर्शनीमा राखिएका चित्रले चीनको पुरानो तथा नयाँ जनजीवनवारे बुझ्न मद्दत गर्ने उनले बताए । 

चिनियाँ दूतावासका संस्कृति विभाग प्रमुख सी पाईले एकार्का देशका कला र संस्कृति बुझ्न भाषाको आवश्यकता नपर्ने र ती कलाले नै आपसका संस्कृति स्पष्ट बुझ्न सकिने बताए । 

कार्यक्रममा चिनियाँ कलाकारबाट नेपाली तथा चिनियाँ जनताबीच आत्मीयता बढाउने गरी चिनियाँ गीतसङ्गीत पनि प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा चिनियाँ कलाकारका चिनियाँ जनजीवन, प्रकृति र वातावरण झल्काउने पानी रङबाट बनाइएका करीब चार दर्जन चित्र समाविष्ट छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप