शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

देशको आर्थिक विकासका लागि ग्रील तथा स्टिलजन्य व्यवसाय अपरिहार्य : मन्त्री तामाङ

शनिबार, २२ वैशाख २०८१, १४ : ५३
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले देशको आर्थिक विकासका लागि ग्रील तथा स्टिलजन्य व्यवसाय अपरिहार्य भएको बताएका छन् । विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टिलजन्य व्यवसायको प्रवर्द्धन गर्न सके मात्रै देशको आर्थिक विकासमा योगदान पुग्न सक्ने उनको भनाई थियो ।

ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको २९ औँ स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले पूर्वाधारको विकास नभएसम्म देशको आर्थिक विकास नहुने भन्दै ग्रील तथा स्टिल उद्योगहरूको संरक्षण र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

आधुनिक निर्माण व्यवसाय अगाडि बढ्छ त्यति नै यो क्षेत्रको जिम्मेवारी बढ्ने भन्दै मन्त्री तामाङले भने, ‘दिनदिनै सहरीकरण बढ्दो छ आधुनिक भवन र पूर्वाधार निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टिल उद्योगहरूको भविष्य उज्ज्वल छ ।’

मन्त्री तामाङले लाखौँ श्रम शक्तिलाई नेपालमै राखेर यो व्यवसायले देशलाई योगदान दिएकोले राज्यले पनि यो व्यवसायप्रति गम्भीर भएर सोच्नुपर्ने बताए । महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले व्यवसायीहरूका तर्फबाट गर्नुपर्ने सुधारहरू तथा मापदण्ड पुर्‍याउँदा पनि नेपाल सरकारले व्यवसाय दर्ता गर्न आनाकानी गर्न थालेपछि त्यसको कानुनी तथा व्यवहारिक उपचारको खोजी किन नगर्ने भन्दै प्रश्न गरे ।

ग्रील तथा स्टिल व्यवसाय हरेक हिसाबले जोखिमयुक्त व्यवसाय भएकोले कर्मचारीको दक्षताको आधारमा श्रम ऐन बमोजिम सेवा सुविधा सहितको व्यवस्था गरिनुपर्ने हुन्छ । 

कर्मचारी नियुक्ति, कम्पनी ऐन र नियम बमोजिम जीवन बीमा, म्यादी बीमा, स्वास्थ्य बीमा, मूल्यमा एकरूपता र अन्य आधारभूत कुरा, उत्पादनबाट हुने खुद मुनाफाबाट गर्नुपर्ने सामाजिक उत्तरदायित्वलाई समेत संस्थागत गर्दै लैजाने विषयमा महासङ्घले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा कार्यक्रमहरु बनाउने तथा यसैवर्ष मूल्य सूची प्रकाशन गरी आम व्यवसायीहरूको व्यवसायमा पुर्‍याउने कार्य भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप