पाँच लाखले पाएका छैनन् 'स्मार्ट लाइसेन्स'
मङ्गलबार, ०६ कात्तिक २०७५, ०६ : ३४
काठमाडौं - सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन प्रक्रिया पूरा गरेका पाँच लाखभन्दा बढी चालकले स्मार्ट कार्ड पाउन सकेका छैनन् ।
स्मार्ट कार्डको अभावमा ‘ट्रायल’ पास गरेकाहरूले समेत रसिदको भरमा सवारी चलाउँदै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
नेपालमा २३ लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र जारी गरिएको छ । ती अनुमतिपत्रलाई नवीकरण गर्दा स्मार्ट कार्ड नै लिनुपर्ने नियम छ ।
पुराना नवीकरण गर्दा र नयाँ लिँदा स्मार्ट कार्ड नै लिनुपर्ने भए पनि पर्याप्त छपाइ हुन नसक्दा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।
यो पनि पढ्नुहोस्ः
आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार