बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वदेखि पश्चिमसम्म नेपथ्य यात्रा

बुधबार, २८ कात्तिक २०७५, १८ : ५९
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं– लोकरक ब्याण्ड नेपथ्यले मुलुकको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरि तराइ मधेसका चारवटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ । 

मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने छ । केही समय अघिमात्र काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो स्थापनाको २५ औं वर्ष मुलुकका अन्य भागका संगीत प्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो । 

मंसिर ४ गते झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।

कन्सर्टमा दर्शकहरुका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरु मध्येबाट प्रस्तुितका लागि चयन गरेको छ । त्यसबाहेक दसौं एल्बम सार्वजनिक गर्ने तयारीको संघारमै रहेको ब्याण्डले ताजा गीतहरु पनि सुनाउनेछ ।

नेपथ्यले विर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति दिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप